शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता « Khabarhub

शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन। उनका लागि फ्यान जे गर्न पनि तयार छन्।

यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन्। शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा उनको सिग्नेचर स्टेप गरे जुन रेकर्ड बनेको छ।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ। हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए। जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए। यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ। शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए।

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए। चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे। ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन्। यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ४२ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि