सिकलसेल एनिमियाका बिरामीलाई परामर्श   | Khabarhub Khabarhub

सिकलसेल एनिमियाका बिरामीलाई परामर्श  


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खजुरा– पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।  

जिल्लाको राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो ।

ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलगायतको टोलीले रोग र सोबाट जोगिनका लागि परामर्श दिए । 

वरिष्ठ फिजिसियन डा. पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेरमात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताए ।

उनले रगत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताए । 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिए । 

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्ती सोनारीका थारू बाहुल्य चारवटा वडामा करिब तीन हजार तीन सय १३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र तीन सय ७६ रोगका वाहक फेला परेका छन् । 

उनका अनुसार पछिल्लोपटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनपुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ४३ बजे

ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

ललितपुर– चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० यात्रु घाइते

काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको

प्रभावकारी सेवाका लागि दरबन्दी मिलान गरिने

काठमाडौं– सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने

वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए

पर्सा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन्