‘मलाई मार्न अक्षय कुमारले सुपारी दिए’ « Khabarhub

‘मलाई मार्न अक्षय कुमारले सुपारी दिए’


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


136.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- स्वघोषित फिल्म समीक्षक कमल आर खान विवादित बोलीका लागि बलिउडमा परिचित छन् । उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन् ।

उनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन् । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन् । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन् । उनले यो कुरामा सलमान खान र शाहरुख खानको कुनै सरोकार नभएको उल्लेख गरेका छन् ।

केआरके अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन् । उनले ट्वीटरमा लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन् । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन् । यद्यपि कमलले अहिले ट्वीट हटाइसकेका छन् ।

अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन् । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’ को प्रमोसनमा व्यस्त छन् । यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यही दिन सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । यही मितिमा रणवीर कपूरको फिल्म ‘एनिमल’ पनि आउने चर्चा छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ४८ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको