सांसदलाई जनताको अपेक्षा पूरा गर्न कठिन भयो : सांसद गिरी « Khabarhub

सांसदलाई जनताको अपेक्षा पूरा गर्न कठिन भयो : सांसद गिरी


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरूलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पूरा गर्न कठिन भएको बताएका हुन् ।

उनले सांसदहरूको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्‍याउने काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्ति व्यवहारिक रुपमा सही रहेको जिकिर गरे ।

उनले बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा राखे ।

उनले सरकारले हरेक वर्ष अपरान्ह चार बजे मात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १ : ०८ बजे

एसिसी प्रिमियर कप : आज आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६