बेल्ट एण्ड रोड चलचित्र सप्ताह चीनको साङ्घाईमा सुरु « Khabarhub

बेल्ट एण्ड रोड चलचित्र सप्ताह चीनको साङ्घाईमा सुरु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

साङ्घाई- पच्चीसौं साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह पूर्वी चीनको साङ्घाई महानगरमा सुरु भएको छ ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हङ्गेरियन फिल्म ‘सिक्स विक्स’ सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो । मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्’ चिनियाँ अभिनेता लेई जियाइनले भनेका छन् । उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन् ।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एण्ड रोड’ को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्’ लेईले भने ।

यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइँदैछ ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ । स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तरक्रिया मञ्च र अन्य थुप्रै कार्यक्रमहरु यसमा समावेश छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा