पार्टी निजी मामला होइन, कसैले मनलाग्दी गर्न पाउँदैन : कांग्रेस नेता घिमिरे « Khabarhub

पार्टी निजी मामला होइन, कसैले मनलाग्दी गर्न पाउँदैन : कांग्रेस नेता घिमिरे


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी कसैको निजी मामला नभएको बताएका छन् ।

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीभित्र कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए ।

गोजीबाट नेता छान्ने, टिकट बाँड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए । उनले वीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरुले अब बोल्ने बेला आएको उल्लेख गरे ।

पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरु बाहिर बोल्न बाध्य भएको उनको भनाइ छ । पार्टीको रुपान्तरणका लागि जुट्न समेत घिमिरेले देशभरीका कार्यकर्तालाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता रञित कर्णले वीपीको विचारलाई अपमान गर्नेहरुले वीपीको फोटो राखेर कार्यक्रम गर्न नपाउने बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ५८ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको