पार्टी निजी मामला होइन, कसैले मनलाग्दी गर्न पाउँदैन : कांग्रेस नेता घिमिरे « Khabarhub

पार्टी निजी मामला होइन, कसैले मनलाग्दी गर्न पाउँदैन : कांग्रेस नेता घिमिरे


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी कसैको निजी मामला नभएको बताएका छन् ।

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीभित्र कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए ।

गोजीबाट नेता छान्ने, टिकट बाँड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए । उनले वीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरुले अब बोल्ने बेला आएको उल्लेख गरे ।

पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरु बाहिर बोल्न बाध्य भएको उनको भनाइ छ । पार्टीको रुपान्तरणका लागि जुट्न समेत घिमिरेले देशभरीका कार्यकर्तालाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता रञित कर्णले वीपीको विचारलाई अपमान गर्नेहरुले वीपीको फोटो राखेर कार्यक्रम गर्न नपाउने बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ५८ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र