नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा « Khabarhub

नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए ।

हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताए । उनले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताए।

यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिए ।

बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिए ।

उनले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लो समय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताए ।

कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियो संरचना हुनुपर्ने र हेल्पलाइनको पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३१ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर