भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो वर्ल्ड टेष्ट च्याम्पियन « Khabarhub

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो वर्ल्ड टेष्ट च्याम्पियन


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतलाई हराउँदै अष्ट्रेलियाले आइसिसी आइसिसी वर्ल्ड टेष्टको उपाधि जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहलीले सर्वाधिक ४९ र अजिन्का रहानेले ४४ रन बनाए ।

पहिले ब्याटिङ गरेको अष्टेलियाले स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा पहिलो इनिङमा चार सय ६९ रन बनाएको थियो ।

यससँगै अष्ट्रेलिया टी–२०, एकदिवसीय र टेष्ट विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ । भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता बनेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ३३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको