पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बन्यो : सांसद न्यौपाने « Khabarhub

पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बन्यो : सांसद न्यौपाने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले बर्षौदेखि अदालतमा रहेका मुद्दाहरुको किनारा नलागेको र पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी हुन् ।

उनले पहुँच हुनेले मात्र न्याय पाउने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न सरकार र कानून मन्त्रालय उदासीन रहेको उल्लेख गरिन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा कानून मन्त्रालयले ढिलासुस्ती गरिरहेको उनको आरोप छ ।

न्यौपानले मुलुकमा धेरै परिवर्तन भएपनि कतिपय कानून पञ्चायतकालदेखिकै रहेकाले समयानुकूल नयाँ कानूनहरु ल्याउनुपर्ने बताइन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कानून बनाउने कुरामा समेत उदासीन देखिएकाले खर्च कटौतीको प्रस्ताव राखेको उनले बताइन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ३८ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका