अमेरिकन डलर भन्दै कागजको खोस्टा दिएर ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अमेरिकन डलर भन्दै कागजको खोस्टा दिएर ठगी गर्ने एक जना पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकन डलर भनेर कागजको खोस्टा दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् ।

तामाङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु खोलाबाट पक्राउ गरेको हो । उनीमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकन डलर रहेको भन्दै सटही गर्नुपर्‍यो र त्यसबापत केही रकम पाउने भन्दै तारन्तार फोन गरेका थिए । त्यसपछि बम्जनले प्रहरीलाई खबर गराएका थिए ।

बाहिर अमेरिकन डलर राखेरभित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली नोट प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ११ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको