सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही | Khabarhub Khabarhub

सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा जनस्तरबाट आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गरिएको हो ।

यसअघि पनि व्यापारीलाई अमानवीय व्यवहार देखाउने १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकिएको पाण्डेले बताए । उनले भने, “सडक व्यापारीप्रति अभद्र र अमानवीय व्यवहारका घटना दोहोरिन नदिन सम्बन्धित क्षेत्रमा खटिएका नगर प्रहरीलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालेको छौँ ।”

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ३० बजे

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले