सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही « Khabarhub

सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा जनस्तरबाट आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गरिएको हो ।

यसअघि पनि व्यापारीलाई अमानवीय व्यवहार देखाउने १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकिएको पाण्डेले बताए । उनले भने, “सडक व्यापारीप्रति अभद्र र अमानवीय व्यवहारका घटना दोहोरिन नदिन सम्बन्धित क्षेत्रमा खटिएका नगर प्रहरीलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालेको छौँ ।”

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ३० बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण