कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु « Khabarhub

कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए ।

राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए । बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पु¥याइएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प¥याइएको थियो । सर्पले टोकेको भन्ने थाहा नहुँदा घर नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा नलगी बुटवल लगेको स्थानीय पशुपति शर्माले बताए ।

अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा मानिसको मृत्यु भइरहेकाले यसमा सबै सचेत हुनुपर्ने भण्डारीले बताए।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ०९ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको