मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिने व्यक्ति पक्राउ « Khabarhub

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिने व्यक्ति पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई आजै प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

उनले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि योजना बनिसकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ’ भनी फोन तथा पटकपटक एसएसमएस गरी रु ३० करोड रकम माग गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ३१ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा