श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे अन्तरक्रिया  « Khabarhub

श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे अन्तरक्रिया 


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग समिति कतारले आयोजना गरेको एक महत्त्वपूर्ण कार्यक्रममा आयोग कतारका महासचिव महामहिम सुल्तान अल जमालीको प्रमुख उपस्थितिमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरुको सहभागितामा श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुन नम्बर १७-२०२१ र २०२३ बारे जानकारी दिने उद्देश्यले कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा गर्मीयाममा श्रमिकहरूलाई खुल्ला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम, श्रमिकले पाउने सेवा, सुविधा, स्वास्थ्य, सुरक्षा बारेमा जानकारी गराइएको थियो । कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।

कानुन विभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गरेका थिए ।

राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूतहरूलाई समेत निमन्त्रणा गरिसकेको जानकारी प्रो मियाले दिएका थिए ।

आयोगको यस प्रकारको भूमिकाको प्रशंसा गर्दै र विगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरूमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष भट्टको जोड रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३५ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ