जसपाकी लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री « Khabarhub

जसपाकी लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन् । मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।

लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाबाट एक्ली सांसद हुन् । उनी दोस्रोपटक प्रदेशको मन्त्री बनेकी हुन् । यसअघि नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्यमन्त्री नै थिइन् ।

प्रदेशको नाम कोशी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उनलाई फिर्ता बोलाएको थियो । पुनः लिम्बू मन्त्री बनेपछि कोशी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाइ तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : २७ बजे

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक