सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश, अरुलाई भने थुनामै राखिने « Khabarhub

सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश, अरुलाई भने थुनामै राखिने


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौँ जिल्ला अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा बिहीबार पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शर्मा प्रतिनिधिसभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ३१ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा