दशौं भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न « Khabarhub

दशौं भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशौं नेपाल–भारत लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल भारत सहकार्य कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो । बैठकका लागि नेपाल आएको भारतीय टोलीले भारत सरकारको ऋण सहयोगमार्फत् निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेको थियो ।

भारतले नेपाललाई १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिटअनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ ।

यसरी प्राप्त ऋण रकम हालसम्म ४० भन्दा बढी सडक परियोजना, ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनःनिर्माण परियोजनामा खर्च भएको छ ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए भने भारतीय विदेश मन्त्रालयअन्तर्गतको विकास साझेदारी प्रशासनका सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए ।

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ५८ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा