सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान  « Khabarhub

सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

भण्डारीलाई हिजो सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परेपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा काम गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन