समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दै « Khabarhub

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दै


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल आवद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दैछ ।

सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् ।

भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : ३८ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण