तनहुँका आठ स्थानीय तहमा हेलिप्याड निर्माण  « Khabarhub

तनहुँका आठ स्थानीय तहमा हेलिप्याड निर्माण 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो । 

ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्‍याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ रिजालले जानकारी दिए । प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भएअनुसार ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा हेलिप्याड छैन । अन्य आठ स्थानीय तहका ३८ ठाउँमा हेलिप्याड छन् । 

व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा सात, भिमाद नगरपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा एक, देवघाट गाउँपालिकामा आठ, आँबुखैरेनी गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १३ र घिरिङ गाउँपालिकामा एक हेलिप्याड रहेको छ । 

आँबुखैरेनी गाउँपालिका–२ को ढकालटार, भिमाद नगरपालिका–६ रङ्गशाला, देवघाट गाउँपालिका–१ को कोटा, वडा नं २ को कोटबैदी, ५ को क्युदी र १ को तिङ्गारमा हेलिप्याड बनाइएको छ ।

व्यास नगरपालिका–१ को निर्मल माविको खेल मैदान, ३ को दमौली खेल मैदान, ५ को आर्मी ब्यारेक, १२ को कोटकालिका मन्दिर, १४ को केशवटार माविको मैदान र ठीन टुँडिखेलमा हेलिप्याड छ । भानु नगरपालिका– १ र ५ मा हेलिप्याड छ । 

बन्दीपुर गाउँपालिका–१ को बानियाँटार, विष्णु मावि, छाप खेल मैदान, २ को भुमर्से खेल मैदान, ३ को कालिका मावि, शिव मावि, ४ को टुँडिखेल, ५ को विमलनगर, झारगाउँ खेल मैदान, कल्चोक खेल मैदान, ६ को धरमपानी र साराङघाटमा हेलिप्याड बनाइएको छ । 

घिरिङ गाउँपालिका–३ को डाँडाथोक करङसोरा, शुक्लागण्डकी नगरपालिका–७ को श्री नं ३ बाहिनी अड्डामा हेलिप्याड बनाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा आश्रयस्थल छैन । सात स्थानीय तहमा आश्रयस्थल नरहेको र त्यस्ता ठाउँमा आकस्मिक अवस्थामा सामुदायिक भवन तथा विद्यालय प्रयोग गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । 

व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपाालकामा आश्रयस्थल नरहेको प्रशासन कार्यालयले जनाएको छ । भानु नगरपालिकामा पाँच, देवघाट गाउँपालिकामा तीन र बन्दीपुर गाउँपालिकाका छ ठाउँमा आश्रयस्थल रहेका छन् । 

सहायक प्रजिअ गैरेले भने, ‘अधिकांश स्थानीय तहमा आश्रयस्थल नरहेका तर ती स्थानीय तहमा सामुदायिक भवन विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिनेछ ।’ जिल्लाका अधिकांश स्थानीय तहमा आपतकालीन आश्रयस्थल भने छन् ।

व्यास नगरपालिकामा दश, भानु नगरपालिकामा २०, भिमाद नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा १२, देवघाट गाउँपालिकामा चार, आँबुखैरेनी गाउँपालिकामा चार, बन्दीपुर गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा आठ ठाउँमा आपतकालीन आश्रयस्थल रहेका छन् । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ३ : ०२ बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या