रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता « Khabarhub

रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । बिहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । 

जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उनी जस्ता किसानलाई दैनिक यसैगरी तरकारी बोकी बजार जानुपर्ने बाध्यता छ । खत्रीले हाल गोलभेडा खेतीमा बढी जोड दिएका छन् । छ वटा फलामे टनेल, दुई वटा बाँसका टनेल र अन्य खाली जग्गा गरेर सात रोपनीमा गोलभेडा खेती गर्दै आएका खत्रीले चारवटा टलेन भने प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट २५ प्रतिशत अनुदानमा निर्माण गरेका हुन् । साथै दुई वटा टनेल जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा निर्माण गरेका हुन् ।

उहाँले सरकारले यहाँ चिस्यान केन्द्र निर्माण गरिदिने हो भने किसानका लागि धेरै सहज हुने उनको भनाई छ । चिस्यान केन्द्र भए किसानको लगानी खेर नजाने र मूल्य निर्धारण भए किसान र उपभोक्ता ठगिनबाट बच्ने उहाँको भनाइ छ । साथै कुन समयमा कस्तो तरकारी लगाउने भन्नेबारे प्राविधिक ज्ञान भए किसानलाई फाइदा पुग्ने उनको बुझाइ छ । 

‘स्थानीय तहले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्ने हो भने हामीलाई सहज हुन्छ, अघिल्लो दिन प्रतिकेजी रु ८० बिक्री गरेको तरकारी अर्को दिन आधा मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने। यो खत्रीको मात्रै समस्या होइन जिल्लामा तरकारी खेती गर्ने सबैको समस्या उस्तै छ । 

तरकारीलाई संकलन गर्ने गरी मुसीकोट नगरपालिका-५ बागबजारमा आर्थिक वर्ष २०७५-७६ निर्माण गरिएको संकलन केन्द्र पनि यतिबेला प्रयोगविहीन अवस्थामा  छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको संकलन र बिक्रीका लागि संकलन केन्द्र निर्माण गरिएको थियो । 

कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको पहलमा निर्माण भएको संकलन केन्द्र प्रयोगविहीन भन्दा किसानलाई समस्या भइरहेको छ । तरकारी उत्पादन बढाउने भन्दा पनि उत्पादन भएको तरकारीलाई बजारिकरण गर्नुपर्ने पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने यहाँका किसानको माग छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ३ : १९ बजे

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई