लागुऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित १४ जना पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका-१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।

ना४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका(३ धौलागिरी बस्ने २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : २७ बजे

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ