अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध | Khabarhub Khabarhub

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीहरुले विरोध जनाएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलाडीहरुले दक्षिण कोरियाली राजदूतावासको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको कोरियन एम्बासडर ओपन च्याम्पियनसिपमा सहभागी हुनबाट तेक्वान्दो संघले बञ्चित गराएको खेलाडीहरुको भनाइ छ ।

उनीहरुले प्रतियोगितामा सहभागी हुनका लागि औपचारिक रुपमा नाम दर्ता गर्न जाँदा विभिन्न बहाना बनाएर फर्काइएको आरोप लगाए । संघलाई इमेलमार्फत पनि यसबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएको खेलाडीहरुको गुनासो छ ।

आफूहरुको माग सम्बोधन नगरे संघविरुद्ध न्यायिक लडाई लड्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ४४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई