लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती « Khabarhub

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती


२५ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । सूचना प्रविधि क्षेत्रको पहिलो कलेजका रुपमा २५ वर्ष अगाडि फाउन्डेशनको स्थापना भएको थियो । आईटी विषयमा स्नातोकोत्तरसम्म अध्यापन हुने फाउन्डेशनबाट हालसम्म १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् ।

फाउन्डेशनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृतसमेत गर्दै लगेको छ ।

रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा फाउन्डेसनमा २ दशकदेखि संलग्न ९ जनालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरेका थिए । । रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशासमेत गरे ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताइन् ।

फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ९ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको