लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती | Khabarhub Khabarhub

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । सूचना प्रविधि क्षेत्रको पहिलो कलेजका रुपमा २५ वर्ष अगाडि फाउन्डेशनको स्थापना भएको थियो । आईटी विषयमा स्नातोकोत्तरसम्म अध्यापन हुने फाउन्डेशनबाट हालसम्म १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् ।

फाउन्डेशनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृतसमेत गर्दै लगेको छ ।

रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा फाउन्डेसनमा २ दशकदेखि संलग्न ९ जनालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरेका थिए । । रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशासमेत गरे ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताइन् ।

फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : १३ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने