जी २० शिखर सम्मेलन सफल : रुस « Khabarhub

जी २० शिखर सम्मेलन सफल : रुस


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रूसले भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न जी २० को १८ औँ शिखर सम्मेलन कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न सफल भएको बताएको छ ।

रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक एवं आर्थिक विकासको बाटोमा विस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताएका हुन् ।

भारतको सक्रिय अध्यक्षतामा पहिलो पटक ग्लोबल साउथका मुलुकलाई एकताबद्ध गर्न सफलता मिलेको उनले शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताए ।

विदेशमन्त्री लाभरोभले स्पष्ट र समतामूलक विकास एवं सन्तुलनका लागि प्रयास गर्न घोषणापत्रमा जोड दिइएकामा त्यसको सराहना गर्दै पश्चिमा देशहरूले जलवायु परिवर्तनसँग जुध्न आर्थिक सहायता जुटाउन गरेका प्रतिबद्धताको पूर्ण रुपमा पालना नगरेको आरोप लगाए । ब्रिक्सका साझेदार ब्राजिल, भारत, चीन, दक्षिण अफ्रिका विशेष रूपमा सक्रिय रहेका बताउँदै उनले आर्थिक विकासमापछि परेका देशलाई अब सहकार्य गर्न सहज हुने विचार व्यक्त गरे ।

पश्चिमा जगतले पनि धेरै पहिले जलवायु परिवर्तनका नकारात्मक परिणामहरूको सामना गर्न वार्षिक एक सय अर्ब अमेरिकी डलर उपलव्ध गराउने वाचा गरेको तर त्यसमा केही प्रगति भएको छैन । यद्यपि विश्वव्यापी अर्थतन्त्रमा सन्तुलन कायम गर्न दीर्घकालीन प्रतिवद्धताअनुसार गर्नुपर्ने काम घोषणापत्रमा उल्लेख गरिएकामा त्यसको प्रशंसा गरे ।

उनले आगामी नोभेम्बरको अन्त्यमा नयाँ दिल्ली शिखर बैठकमा प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय आर्थिक सहयोगका विषयबारे छलफल गर्न भारतका प्रधानमन्त्रीबाट भएको प्रस्तावप्रति समर्थन जनाउँदै त्यो हिजो र आज भएका सम्झौता कार्यान्वयनको समीक्षा गर्ने अवसर हुने बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १ : २८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५