काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने « Khabarhub

काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । 

आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यसअघिका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पराजित भएको थियो भने बंगलादेशलाई हराएको थियो । पाकिस्तानले भने उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो ।

नेपालले यसपछि असोज २६ गते साउदी अरेबिया र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, साउदी अरेबिया, श्रीलंका र उज्वेकिस्तान सहभागी छन् ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : २३ बजे

१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्