जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण « Khabarhub

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण गरेका छन् ।

रघुगङ्गा गाउँपालिकाको नौ लाख बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीसम्म पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजा पुनका अनुसार ३० जना मजदुरले पाँच हप्तासम्म जङ्गलमै बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेका हुन् । भिरालो र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाउने, झाडी फाँड्ने तथा माटो काटेर घोडा र खच्चड हिँड्न मिल्ने गरी पदमार्ग  बनाइएको उनले बताए ।

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङधुरीबाट धवलागिरिसहित गुर्जा, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सूर्योदय, बागलुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, खोपारा र म्याग्दी तथा पर्वतका ग्रामीण बस्तीको दृश्य पनि त्यहाँबाट देखिन्छ ।

चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो । सोवाङधुरीबाट रघुगङ्गाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङतातोपानी, दाना हुँदै मुस्ताङको लेते पुग्न सकिनेछ । चिमखोलाबाट भने एक दिनमा सोवाङधुरी पुग्न सकिन्छ ।

पर्यटकको सुविधाका लागि यसअघि स्थानीयको पहलमा २० जना क्षमताको आश्रयस्थल, पानी सङ्कलन गर्ने ड्रम र गाउँपालिकाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यस वर्ष थप तीन लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष थकबहादुर पाइजाले बताए ।

चिमखोला–सोवाङ–दोवा पदमार्गलाई व्यवस्थित गर्न सिसर्का र सिजीमा आश्रयस्थल तथा सिजीदेखि थामखर्कसम्म एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सङ्घीय सरकारसँग बजेट माग गरिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पहलमा पर्यटन विभागले गत जेठमा दोवा–सोवाङ–चिमखोला पदमार्गको सम्भाव्यता अध्ययन पनि गरेको थियो ।

यसअघि टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ११ : १७ बजे

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा

काठमाडौं– सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

तेहरान– इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल