सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती | Khabarhub Khabarhub

सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले स्वर्ण जयन्ती मनाएको छ ।

बुधबार सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा आयोजित एक कार्यक्रममा स्वर्ण महोत्सव सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।

उनले पचास वर्षको अवधिमा इन्स्टिच्युटले थुप्रै आरोह-अवरोहबीच हजारौँ सक्षम विद्यार्थी उत्पादन गरेको र ती विद्यार्थीहरूले स्वदेश र विदेशमा रहेर विद्यालयको शिर उँचो बनाउन महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनयन इस्टुका अध्यक्ष राजु दुवाडीले आफ्नो शुभकामना मनतव्य प्रस्तुत गरेका थिए । उनले इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको योगदानको स्मरण समेत गरेका थिए । सिद्धार्थ वनस्थली इन्स्टिच्युटलाई यो स्थितिमा ल्याइपुऱ्याउन राजवंशीको  महत्वपूर्ण योगदान र भूमिका रहेको उनले उल्लेख गरेका थिए ।

उनले सिद्धार्थ वनस्थली इन्स्टिच्युट राजवंशीको पर्यायवाचीको रुपमा रहेको समेत उल्लेख गरेका थिए ।  यससँगै उक्त विद्यालयका पूर्वशिक्षक टेकप्रसाद घिमिरेले पनि आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । 

वि. सं. २००८ मा स्थापित वनस्थली विद्याश्रम, बालाजुसँग २०३० सालमा सिद्धार्थ इङ्लिस स्कुल, कमलपोखरी गाभिएर लक्ष्मण राजवंशी संस्थापक प्राचार्य भई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको स्थापना भएको र पछि लक्ष्मण राजवंशीकै पहलमा सिद्धार्थ वनस्थली इन्स्टिच्युट नाम रहन गएको हो ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सिद्धार्थ वनस्थली इन्स्टिच्युट, सार्वजनिक शैक्षिक गुठी पनौती शाखाका अध्यक्ष  क्याप्टेन रामेश्वर थापा, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पूर्वविद्यार्थीहरू, पूर्वशिक्षक, विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, पत्रकार, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ३९ बजे

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका