पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु « Khabarhub

पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु भएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक अर्थात् दुलो परेका इँटाको उत्पादन थालेको हो । दुलो परेका इँटा अन्य सामान्य इँटाभन्दा हरेक हिसाबले फाइदाजनक भएको भन्दै कम्पनीले यस्तो इटाको उत्पादन थालेको जनाएको छ ।

तथ्यांकअनुसार हाल देशभरमा १५ प्रतिशतको हलो ब्रिक्स् अर्थात् दुलो परेको इँटा प्रयोग हुन्छ । यसले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक छ । हाल नेपालमा एक हजार ३५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिने गरेको तथ्यांक छ ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष एवं हलो ब्रिक्सका प्राविधिक निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ३२ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च