दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने, दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध, विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा, कानून समितिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारितलगायतका समाचारले प्रमुख स्थान पाए ।

इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने

इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको हो ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताए ।

भ्रष्टाचारका स्वरुप परिवर्तन हुँदा नियन्त्रणमा पनि समस्या देखियो : अख्तियारका प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा पनि समस्या देखिन थालेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण सङ्कलन नै गर्न नसकिने गरि भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेको बताएका हुन् । भ्रष्टाचारका ठूला कारोबार देशबाहिर हुने गरेको र स्वदेशमा पनि भ्रष्टाचार एउटाले गर्ने र पैसा अर्कोले लिने परिपाटी देखिएको उनले बताए ।

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ एन्फाले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

कानून समितिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

गैरीगाउँ हत्या प्रकरणमा प्रहरीले बुझायो रायसहितको प्रतिवेदन

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोधका कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर

सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत् अदालतमा मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ०२ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको