सालकको खपेटासहित एक जना पक्राउ « Khabarhub

सालकको खपेटासहित एक जना पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका– ६ बस्ने ३४ वर्षीय शुकलाल तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले तामाङलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ८ कपाली चोकबाट पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो सालकको खपेटा बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : ३२ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको