‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण  « Khabarhub

‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एडभान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ ।

आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री भइसकेका छन् । बलिउड व्यापार विश्लेषक अक्षय राठी र रमेश बालाले फिल्मको ओपनिङमा उछाल आउने प्रक्षेपण गरेका छन् ।
राठीले भारतमा फिल्मको पहिलो दिनको कमाइ ३० देखि ३५ करोड भारु हुने प्रक्षेपण गरेका छन् ।

लक्ष्मीपूजाको भोलिपल्ट व्यापारमा वृद्धि भएर कमाइ ५० करोड भारु पुग्ने उनको विश्लेषण छ । ‘सम्भवतः यो बलिउडकै सर्वाधिक ग्रसर फिल्म बन्न सक्छ,’ उनले भने ।

रमेश बालाले भने, ‘पहिलो दिन भारतमा अधिकतम ३०-३५ करोड भारुको अपेक्षा छ । कतिपय देशमा भने यो लक्ष्मीपूजाअघि नै प्रदर्शन हुनेछ । त्यसैले दीपावलीको समयमा फिल्मले ७५ करोडदेखि १०० करोड भारुको कमाइ गर्न सक्छ ।’ सलमानको फिल्म करिअर ३५ वर्ष पुगेको छ । पछिल्लो ६ वर्षमा उनका कुनै पनि फिल्मले ब्लकबस्टर कमाइ गर्न सकेका छैनन् । ‘किसी का भाइ किसी की जान’, रोध : योर मोस्ट वान्टेड भाइ, रेश ३, भारत र दबंग ३ ले खास कमाउन सकेनन् । यसर्थ, सलमानका लागि ‘टाइगर ३’ महत्वपूर्ण छ ।

यसबारेमा बालाले भने, ‘टाइगर ३ उनका लागि निकै महत्वपूर्ण छ । शाहरुख खानले एक हजार करोड हिट दिएका छन्, त्यसैले प्रतिस्पर्धा बढी छ । टाइगर ३ ले कम्तीमा ७०० करोड भारु कमाउनुपर्छ, नभए एक हजार करोड भारु । त्यो उनको लागि राम्रो हुनेछ । यो एक फ्रेन्चाइजी पनि हो, त्यसैले आशा छ कि यसले उसलाई त्यो स्तरमा पुर्‍याउन सक्छ ।’

अक्षय राठी भन्छन्, ‘निस्सन्देह उनले सुपरस्टारको कदजस्तो हिट फिल्म दिएनन् । तर यो ठूलो निर्माण कम्पनी हो । म पक्का छु कि उनको स्टारडम टाइगर ३ बाट फर्किनेछ ।’

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  २ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२