‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण  « Khabarhub

‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एडभान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ ।

आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री भइसकेका छन् । बलिउड व्यापार विश्लेषक अक्षय राठी र रमेश बालाले फिल्मको ओपनिङमा उछाल आउने प्रक्षेपण गरेका छन् ।
राठीले भारतमा फिल्मको पहिलो दिनको कमाइ ३० देखि ३५ करोड भारु हुने प्रक्षेपण गरेका छन् ।

लक्ष्मीपूजाको भोलिपल्ट व्यापारमा वृद्धि भएर कमाइ ५० करोड भारु पुग्ने उनको विश्लेषण छ । ‘सम्भवतः यो बलिउडकै सर्वाधिक ग्रसर फिल्म बन्न सक्छ,’ उनले भने ।

रमेश बालाले भने, ‘पहिलो दिन भारतमा अधिकतम ३०-३५ करोड भारुको अपेक्षा छ । कतिपय देशमा भने यो लक्ष्मीपूजाअघि नै प्रदर्शन हुनेछ । त्यसैले दीपावलीको समयमा फिल्मले ७५ करोडदेखि १०० करोड भारुको कमाइ गर्न सक्छ ।’ सलमानको फिल्म करिअर ३५ वर्ष पुगेको छ । पछिल्लो ६ वर्षमा उनका कुनै पनि फिल्मले ब्लकबस्टर कमाइ गर्न सकेका छैनन् । ‘किसी का भाइ किसी की जान’, रोध : योर मोस्ट वान्टेड भाइ, रेश ३, भारत र दबंग ३ ले खास कमाउन सकेनन् । यसर्थ, सलमानका लागि ‘टाइगर ३’ महत्वपूर्ण छ ।

यसबारेमा बालाले भने, ‘टाइगर ३ उनका लागि निकै महत्वपूर्ण छ । शाहरुख खानले एक हजार करोड हिट दिएका छन्, त्यसैले प्रतिस्पर्धा बढी छ । टाइगर ३ ले कम्तीमा ७०० करोड भारु कमाउनुपर्छ, नभए एक हजार करोड भारु । त्यो उनको लागि राम्रो हुनेछ । यो एक फ्रेन्चाइजी पनि हो, त्यसैले आशा छ कि यसले उसलाई त्यो स्तरमा पुर्‍याउन सक्छ ।’

अक्षय राठी भन्छन्, ‘निस्सन्देह उनले सुपरस्टारको कदजस्तो हिट फिल्म दिएनन् । तर यो ठूलो निर्माण कम्पनी हो । म पक्का छु कि उनको स्टारडम टाइगर ३ बाट फर्किनेछ ।’

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  २ : २४ बजे

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

विराटनगर– सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका