ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी « Khabarhub

ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लण्डन- चीनले बेलायतलाई ताइवानसँग सम्बन्ध विस्तार नगर्न चेतावनी दिएको छ । लण्डनस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चेतावनी दिएको हो ।

बेलायत र ताइवानबीच विस्तृत व्यापारिक साझेदारीमा हस्ताक्षर गरेपछि चीनले यस्तो चेतावनी जारी गरेको हो । त्यसैगरी हालै बेलायती व्यापारमन्त्री नाइजल हडलस्टनसन र ताइवानी उपअर्थमन्त्री चेन चेर्न–चीबीच लण्डनमा वार्तासमेत भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लण्डनस्थित चिनियाँ दूतावासले चीनसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकलाई ‘चीनको ताइवान क्षेत्र’ सँग कुनै प्रकारको औपचारिक सम्पर्क स्थापना नगर्न आग्रह गरेको छ । दूतावासले भनेको छ– ‘हामी संयुक्त अधिराज्यलाई एक चीन नीतिमा कायम रहन र व्यापारिक साझेदारीका नाममा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्न आग्रह गर्दछौँ ।’

ताइवान र बेलायतबीच कार्यगत स्तरमा सम्बन्ध रहेपनि औपचारिक रुपमा बेलायतले ताइवानलाई आधारिक रुपमा मान्यता दिएको छैन ।

गत वर्ष बेलायतले ताइवानलाई उल्लेखनीय स्तरमा पनडुब्बीका पार्टपुर्जा तथा प्रविधिको व्यापक निर्यातलाई स्वीकृति दिएको थियो । रोयटर्सले जनाएअनुसार पछिल्लो समय ताइवानले नौसैनिक शक्तिलाई विस्तार गर्नका लागि पनडुब्बीको विकासमा ध्यान केन्द्रित गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ०८ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक