एनटी फाइबर प्रविधिका सेवाग्राहीलाई निःशुल्क डाटा सुविधा « Khabarhub

एनटी फाइबर प्रविधिका सेवाग्राहीलाई निःशुल्क डाटा सुविधा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रूपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने भएका छन् ।

नेपाल टेलिकमले आजबाट लागु हुने गरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।

यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसै गरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रूपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ४१ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता