गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान « Khabarhub

गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्लूएचओका आह्वान


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाजा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतबार डब्लूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । 

उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितको मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनुपर्ने भनिएको छ । 

सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ । 

डब्लूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौँ हो ।

 

 

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ३४ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको