फाइल तस्वीर

अन्तर्राष्ट्रिय

चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन अमेरिकी सिनेटरको माग

By खबरहब

December 11, 2023

वाशिङ्टन डीसी- अमेरिकाका पाँच जना सिनेटरहरुले राष्ट्रपति जो बाइडेनसँग चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

चीनमा अज्ञात रोग फैलिरहेको भन्दै रिपब्लिकन पार्टीका ५ जना सिनेटरहरुले अमेरिका र चीनबीच यात्रा प्रतिबन्धको घोषणा गर्न राष्ट्रपति बाइडेनसँग माग गरेका हुन् ।

फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोको नेतृत्वमा ५ सिनेटरहरुले राष्ट्रपति बाइडेनसँग यस्तो माग गरेका हुन् । ‘यो नयाँ रोगबाट उत्पन्न हुने जोखिमबारे थप जानकारी प्राप्त नगरुन्जेलसम्म हामीले तत्कालै अमेरिका र चीनबीच यात्रामा कडाइ गर्नुपर्छ ।’ सिनेटरहरुले राष्ट्रपतिलाई लेखेको पत्रमा जनाइएको छ ।

राष्ट्रपतिलाई पत्र लेख्ने सिनेटरहरुमा रुबियोसहित जेडी भान्स, रिक स्कट, टोमी ट्युबरभिल र माइक ब्राउन रहेका छन् । पछिल्लो समय चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ रोग देखिएपछि विश्वभर चिन्ता उत्पन्न भएको छ ।