सत्ता बाहिर कांग्रेस मणि हराएको नाग जस्तै | Khabarhub Khabarhub

सत्ता बाहिर कांग्रेस मणि हराएको नाग जस्तै

‘दलका लागि सत्ता नै सिद्धान्त भयो, नैतिकता कल्पना मात्र हो’


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। यो आश्चर्य जनक यस कारणले छ कि प्रतिपक्षमा बस्ने भनिएको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। यो विश्वको इतिहासमा बिरलै हुने जस्तो परिदृश्य देखिन्छ। के यो साँच्चै विश्वासको मत होला त ? के यो देश सुधार गर्ने संकेत हो ? कि नैतिकता र बिग्रिएका कुरा सुधार्न गरिएको हो ? कि यो राजनीतिक खेलको यथार्थ बुझ्नै बाँकी छ ? यी र यस्तै विषयमा आधारित भएर विश्लेषक गेजा शर्मा वाग्लेसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

प्रचण्डले पाएको मत विश्वास कै हो त ?
यो केही हदसम्म विश्वासको, केही हदसम्म बाध्यताको र राजनीतिक पनि हो। सबैको समायोजनमा आएको हो। संख्याको हिसाबले सबै भन्दा सानो तर विश्वासको मत अपत्यारिलो पायो। यो गठबन्धनको सरकार हो। सरकारमा र संसदमा अहिले धरै नयाँ अनुहार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसेमत देखियो। रास्वपा र विपक्षले पनि समर्थन गरेका छन्। हिजो प्रचण्डको कारणले गठबन्धन टुट्यो भन्ने तर आज विश्वासको मत दिनु भनेको नाटक जस्तै हो। अब देउवाले यो गठबन्धन भत्काउन सक्ने जस्तै देखियो। नेपाली कांग्रेसले समर्थनका आधारमा यो सरकार ढाल्न सक्छ। अहिले सरकार आफ्नो अनुकूल बन्दा बढाई चढाई गर्ने र अरुको बन्यो भने आलोचना गर्ने प्रचलन नेपालमा पहिलादेखि नै छ। यसरी नेपाली कांग्रेस आउँदा घाइते बाघ उठेर आयो भन्ने सन्देश पनि पाइन्छ।

प्रचण्ड एकाएक बहुमत पाउँदा कसैको अडानमा नबस्ने जस्तो देखिएन ?
हिजो प्रचण्डको कारणले गठबन्धन टुट्यो भनेर कुरा काट्नेहरू अहिले प्रचण्डलाई मत दिएर प्रशंसा गरेर बसका छन्। त्यसको अधिकतम लाभ प्रचण्डले लिएको जस्तो देखिन्छ।

यो समर्थन विश्वासको मत संवैधानिक व्यवस्था र नैतिकता जोगाउन दिएको हो ?
नेपालको संविधानले विपक्षीविहीन संसदको कल्पना गरेको छैन। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्ष हुन्छ। अहिले कुनै त्यस्तो संकट छैन कि राष्ट्रिय सरकार परिकल्पना गर्नु पर्ने। प्रतिपक्षले पनि सरकारलाई समर्थन गर्नुपर्ने स्थिति यो होइन। यदि नेपाली कांग्रेसको कारणले सरकार नबन्ने भएको भए त्यो स्वभाबिक हुन्थ्यो। तर अहिले गठबन्धनसँग प्रचण्डको बहुमत थियो। कांग्रेसको बहुमत बिना पनि यो सरकार बन्थ्यो। यो लोकतन्त्र र संविधानसँग सम्बन्धित नभएर सत्ता केन्द्रित कदम जस्तो देखिन्छ। अहिले बनेको गठबन्धनलाई भत्काएर नेपाली कांग्रेस सत्ताको पुन केन्द्रमा आउने रणनीति अनुसार गरिएको बाध्यात्मक अवस्थाको रणनीतिक प्रस्ताव र रणनीतिक महत्त्वको सवालसमेत हुनसक्छ। यो समर्थनका पछाडि नेपाली कांग्रेस सिधा सत्ताको सौदाबाजीसँग गाँजिएको छ।

नेपाली कांग्रेसको नेतृत्व सत्तामुखी सत्ताको लागि जे पनि गर्न तयार हो ?
सरकार बलियो छँदै थियो। नेपाली कांग्रेस प्रतिपक्षमा सशक्त भएर बस्नुपर्ने हो। अहिले ओली कांग्रेस सत्ताबाट बाहिरिएपछि मणि हराएको नाग जस्तो भयो। संघीयतावादी विरोधी पार्टीले पनि मुख्य मन्त्रीको पद खोजको छन्। सत्ता नै सत्य हो। सिद्धान्त र विचार कल्पना मात्र हो जस्तो भयो । अहिले एमाले र देउवा नायक जस्तो र प्रचण्ड निमित्त नायक बनाउन खोजेको जस्तो देखिन्छ। ओली नेपाली राजनीतिको चलाख खेलाडी हुन् उनको रणनीति सफल भयो। .

प्रचण्ड र देउवा मिल्लान् त अब ?
आफ्नो स्वार्थ पुरा गर्न प्रचण्ड जुनसुकै पद, गठबन्धन, रूप धारण गर्न सक्छन्। युरोपको मौसमको बारेमा भविष्यवाणी गर्न सकिन्छ तर नेपालको राजनीतिको भविष्यवाणी गर्न सकिँदैन। जुनसुकै बेला जे पनि हुनसक्छ।

प्रचण्डले पहिला कांग्रेसलाई जसरी धोका दिए अब पनि विश्वासको मत लिएर धोका दिने त होइन ?
नेपालको राजनीतिमा जसले जसलाई पनि धोका दिन सक्छन्। साथ पनि दिन सक्छन्। अहिले देउवा ओली र प्रचण्ड मिलेर आएका छन्। तर, त्यहाँ एकले अर्कालाई जतिबेला पनि साथ दिने र साथ छोड्ने दृश्य देखिन सक्छ। नेपालमा ओली र दाहाल नबोली र देउवा बोलेर काम गर्ने भनिएको थियो। तर यो निर्वाचन पश्चात् ओली सत्ताको लागि मरिहत्ते गरेको देखियो।

अब नयाँ अनुहार अगाडि आउलान् भन्ने थियो त्यो भएन। युवालाई ठाउँ नदिए कांग्रेसको हालत के होला ?
अरू पार्टीमा युवा नेतृत्व छैन। तर नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा लगायतका सक्षम युवा आएका छन्। उनीहरूलाई मिलाएर लगे केही सकारात्मक परिवर्तन देख्न सकिन्छ। गगन र विश्वप्रकाशले जनतासँग सशक्त र संगठित रूपमा प्रत्यक्ष सहभागी भएर जनतालाई आफ्नो पक्षमा बनाउनु पर्दछ।

नयाँ पार्टीका क्रियाकलापलाई कसरी हेर्नु भएको छ ?
तत्काल सरकारमा नगएर प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्नुहोला जस्ता लाग्थ्यो। तर उहाँलाई पनि जुन आफ्नो समस्या छ। त्यो नै मन्त्रालय चाहिने रहेछ। उहाँहरूले हिजो बोलेका कुराहरू व्यवहारमा देखाउनु पर्दथ्यो। तर, त्यो भएको छैन। यो सरकारमा खोलाडी नयाँ आए तर खेल पुरानो नै भयो।

राप्रपालाई सत्तामा पुर्याउन राजाको सहयोग होला ?
निर्वाचन भन्दा केही दिन पछाडि राजेन्द्र लिङ्देनले पूर्व राजालाई भेटेका कुरा बाहिर आएका छन्। कुनै न कुनै रूपमा सुझाव र सहकार्यमा गए राम्रो होला।

यो गठबन्धनको भविष्य कस्तो होला ?
सरकारले स्वाभाविक रूपमा देश र जनताका सुविधा, सुशासन दिनुपर्ने हो। तर, अहिले सत्तामा केन्द्रित देखिन्छन्। कसैले भत्काउने कसैले जोगाउने महाभारत चलिरहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : १५ बजे

संसदको गतिरोधबारे प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार