मेसीको गोलमा पिएसजी विजयी « Khabarhub

मेसीको गोलमा पिएसजी विजयी


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ।

बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे। खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।

७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए। एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए। तर, सो गोल अफसाइट भयो। विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए। जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ।

पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ। एन्जर्स आठ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : ४५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ