हिमाली क्षेत्रमा चिसोले घटे पर्यटक « Khabarhub

हिमाली क्षेत्रमा चिसोले घटे पर्यटक


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका  उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो । रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित होइने  स्थानीयवासीले  जनाए ।

अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्त्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न  थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताए ।

हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए। 

पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ-आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ । विगतको तुलनामा यस वर्षको पहिलो यामबाटै  होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम (फागुन १५)देखि बढी  पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार पाँच सय ३०, सार्क राष्ट्रका दुई सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलियालगायत देशबाट आएका चार हजार पाँच सय ५२ विदेशी पर्यटकले निकुञ्जको  पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए ।

पर्यटक निकुञ्जको भू-भागमा प्रवेश गरेबापत  लाग्ने शुल्कबाट एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ राजस्व दाखिला भएको बताइएको छ । सेता हिमाल, तालतलैया, उकाली ओराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले  पर्यटकलाई मनमोहक बनाउने गरेको  छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ५५ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि