परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड  | Khabarhub Khabarhub

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिए। बैठकमा सांसदहरू जगतबहादुर कार्की, दीपा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, रामचन्द्र राई, गोपीबहादुर सार्की आछामी, सोनाम गेल्जेन शेर्पालगायतले व्यापार कूटनीति कमजोर रहेको, पहाडी जिल्लामा इलाका प्रशासन कार्यालयबाटै राहदानी दिने व्यवस्था गर्नुपर्ने, भारतले आफ्नो लगानीको विद्युत् मात्र किन्ने समस्या समाधान गर्नुपर्ने, म्यानमारको सैनिक सरकारलाई राष्ट्रपति शुभकामना नपठाई त्यहाँको सरकारी पत्रिकामा छापिएकोलगायत विषयका बारेमा प्रष्ट पारिनुपर्ने बताएका थिए ।

बैठकमा मन्त्रालयका सचिव पौडेलले स्वदेशमा ९४ स्थान र विदेशमा ३८ स्थानबाट राहदानी वितरण एवं नवीकरणका काम भइरहेको जानकारी दिए। उनले म्यानमारको सरकारी पत्रिकामा राष्ट्रपतिको शुभकामना छापिएका विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए । नेपालको अलैँची, चिया र कफीको विदेशमा पनि बजार रहेकाले त्यसलाई प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : ११ बजे

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान