जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण « Khabarhub

जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण गरिएको छ । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्काडाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने बताए।

संग्राहालय ३८ लाख लागतमा निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले बताए ।

संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकासकोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताए ।

उनका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट सङ्ग्रहालय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ रकम संकलन भएको थियो ।

पहाडी दलितहरुलाई फोकस गरेर पूर्वजहरुले बनाएका बस्तुहरु संग्राहलयमा राखिएको छ । आगामी दिनहरुमा सङ्ग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरुको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : १७ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको