दोसल्लेबाट दुई करोडको सुन्तला बिक्री « Khabarhub

दोसल्लेबाट दुई करोडको सुन्तला बिक्री


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यस वर्ष बोटबाटै दुई करोड रुपैयाँको सुन्तला बिक्री भएको छ।

सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यस वर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन्।

दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा र ७५ लाख रुपैयाँ भित्रिएको थियो। ‘यस वर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौँका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्’, उनले भनिन्।

दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गत वर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिए। ‘यस वर्ष दुई सय नयाँ बोटमा फल लागेकाले उत्पादन पनि राम्रो भएको छ। दुई करोड रुपैयाँको हाराहारीमा सुन्तला बिक्री भएको छ’, अध्यक्ष पाइजाले भने।

उनका अनुसार एक किसानले ५० हजार रुपैयाँदेखि दुई लाख ३० हजार रुपैयाँसम्मको सुन्तला बिक्री गरेका छन्। व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताए। ‘तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको छ’, उनले भने। दश वर्षअघि गर्बुजाले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु गरेका थिए। सडक, यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनको भनाइ थियो ।

भिरालो पाखोमा अवस्थित यहाँको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताए । म्याग्दीका छ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यावसायिक सुन्तला खेती गरिन्छ । जिल्ला भरीमा यस वर्ष २० करोड रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  २ : ४९ बजे

सडक र सञ्जालको डर, ब्यालेटको भर

नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन एउटा ऐतिहासिक

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको