सत्ता गठबन्धन कायम रहन्छ : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

सत्ता गठबन्धन कायम रहन्छ : पृथ्वीसुब्बा गुरुङ


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् । वीरगन्जमा आज आयोजित प्रेस चौतारी नेपालको सङ्गठन सुदृढीकरण कार्यशालामा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए ।

गुरुङले भने, “गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भए अनुरुप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ ।

त्यसैले ढुक्क भएर बसे हुन्छ ।” एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका