मेस्सीको पासमा एम्बाप्पेले गोल गर्दा पीएसजी विजयी « Khabarhub

मेस्सीको पासमा एम्बाप्पेले गोल गर्दा पीएसजी विजयी


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ ।

ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पीएसजीलाई जिताए। यससँगै पीएसजीले ३ अंक पाएको छ ।

यस जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको