बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको महागढीमाई नगरपालिका-८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो ।

दुर्घटनामामा परी मोटरसाइकल चालक बाराको आदर्शकोतवाल गाउँपालिका-१ जमुनियाका अन्दाजी २२ वर्षीय विकासकुमार साहको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले  खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ०४ बजे

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा