पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव « Khabarhub

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिएका थिए।

अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गर्नुभएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताए ।

उनले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गरे । कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति दिए। पूर्वराजदूत अब्दुल फत्तेहले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘घाँसी’ कविताको अरबी अनुवाद पढेर सुनाएका थिए।

त्यसैगरी नेपालका लागि इजिप्टका अर्का पूर्वराजदूत इमाम मुस्तफाले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गरेका थिए । कायरोस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषमा कार्यरत अमित ढुङ्गेलले नेपालको सांस्कृतिक धरोहरलाई इजिप्टमा चिनाउन यो कार्यक्रम धेरै उपयोगी हुने बताए ।

आगामी दिनमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएर इजिप्टका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न सकिने प्रशस्त सम्भावना रहेको उनले औँल्याए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै फागूपूर्णिमाको अवसरमा रङ्गोत्सव मनाइएको थियो । कार्यक्रममा कायरोस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, पत्रकार, व्यवसायी, विद्यार्थी एवं अन्य विशिष्ट व्यक्ति गरी करिब एकसय जना बढीको सहभागिता थियो ।

सो अवसरमा नेपालको झन्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुन्डो, खुकुरी, मयुर आँखी झ्याल, सिंगिङ बाउल, मादल, मुर्चुङ्गा एवं ढाकाका सजावट सामग्रीसहित नेपाली मौलिक कला तथा संस्कृति झल्किने विविध कलाकृति तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण एवं नेपाल पर्यटन बोर्डद्वारा निर्मित नेपालबारे जानकारीमूलक श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : ०३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै