गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्छ : सांसद आरजु राणा देउवा « Khabarhub

गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्छ : सांसद आरजु राणा देउवा


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छिन् ।

काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षा राज्यको प्रथमिकता हुनुपर्नेमा जोड दिएकी हुन् । उनले भनिन्, “देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्दछ ।”

युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको जानकारी दिँदै यस विद्यालयका बालबालिकाका अभिभावक, कर्मचारी, युलेन्स फान्डेशनलगायत सबैको मेहनतले यो दोस्रो युनिट बाँसबारीमा सुरु गर्न लागिएको बताइन् ।

बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ कक्षासम्मको पठनपाठन यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने भएको जानकारी पनि सोही अवसरमा दिइएको थियो । सो कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए ।

युलेन्स एजुकेशन फाउन्डेशनका अध्यक्ष सोम पनेरुले नेपालमा गुणस्तरीय शिक्षामा सबैको पहुँच दिलाउने उद्देश्यले लामो समयदेखि युलेन्स स्कुलले सेवा गरिरहेको बताए । गैरनाफामूलक शिक्षण संस्थाका रुपमा नेपालको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ११ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा