दाङमा सूर्यमुखी फूलखेती फस्टाउँदै « Khabarhub

दाङमा सूर्यमुखी फूलखेती फस्टाउँदै


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।

कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताए । ‘अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ’, उनले भने।

तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । ‘यो पहिलो पटकको प्रयास भएकाले बिस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ’, उनले भने ।

परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेहनत कम लाग्ने र आम्दानी पर्याप्त गर्न सकिने भएकाले सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरिएको केसीले बताए।

यसभित्र तोरी पनि लगाउन मिल्ने भएकाले तोरीसमेत उत्पादन गरिरहेको उनले बताए । केसीसहित यस व्यवसायमा मुमानसिङ खड्का, नारद पोख्रेल, हिमाल खड्का र पदम रिजाल छन् ।

पाँच महिनाअघि पाँच हजार रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरिएको हो । सूर्यमुखी फूल खेतीभित्र अन्य बाली लगाउन सकिने, कम लगानी र मेहनतमा व्यावसायिक उत्पादन गर्न सकिने कृषि प्राविधिक बताउँछन् । बीउबाट तेल उत्पादन गरी पर्याप्त आम्दानी गर्नुका साथै यसको डाँठलाई दाउराका रूपमा प्रयोग पनि गर्न सकिन्छ । सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिने भएकाले यसबाट उत्पादन बढाउन सकिने विज्ञको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ४३ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा