दाङमा सूर्यमुखी फूलखेती फस्टाउँदै « Khabarhub

दाङमा सूर्यमुखी फूलखेती फस्टाउँदै


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।

कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताए । ‘अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ’, उनले भने।

तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । ‘यो पहिलो पटकको प्रयास भएकाले बिस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ’, उनले भने ।

परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेहनत कम लाग्ने र आम्दानी पर्याप्त गर्न सकिने भएकाले सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरिएको केसीले बताए।

यसभित्र तोरी पनि लगाउन मिल्ने भएकाले तोरीसमेत उत्पादन गरिरहेको उनले बताए । केसीसहित यस व्यवसायमा मुमानसिङ खड्का, नारद पोख्रेल, हिमाल खड्का र पदम रिजाल छन् ।

पाँच महिनाअघि पाँच हजार रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरिएको हो । सूर्यमुखी फूल खेतीभित्र अन्य बाली लगाउन सकिने, कम लगानी र मेहनतमा व्यावसायिक उत्पादन गर्न सकिने कृषि प्राविधिक बताउँछन् । बीउबाट तेल उत्पादन गरी पर्याप्त आम्दानी गर्नुका साथै यसको डाँठलाई दाउराका रूपमा प्रयोग पनि गर्न सकिन्छ । सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिने भएकाले यसबाट उत्पादन बढाउन सकिने विज्ञको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ४३ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल