पूर्वी कङ्गोमा भएको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु « Khabarhub

पूर्वी कङ्गोमा भएको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा रातभर भएको सशस्त्र झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय स्रोतले आइतबार जनाएको छ ।

उत्तरी किवुका पूर्व गभर्नर कार्ली जान्जु कासिभिताले आइतबार बिहान पत्रकारहरूलाई बताएअनुसार उत्तरी किवु प्रान्तको बेनीको इलाकामा पर्ने किरिन्दरा गाउँमा भएको सशस्त्र झडपमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

विद्रोहीले एक स्वास्थ्य केन्द्रसहित गाउँका कैयौँ भवनमा आगजनी गरेको उहाँले बताउनुभयो । बेनी क्षेत्रका दुई गाउँमा बिहीबार एडीएफ विद्रोहीले गरेको अर्को आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।

एडीएफको स्थापना सन् १९९० को दशकमा युगाण्डाका विभिन्न विपक्षी आन्दोलनहरूले गरेका थिए । युगान्डाको सेनाद्वारा पराजित यी विद्रोहीहरू पूर्वी डीआरसीमा सक्रिय रहे, जसले गर्दा डीआरसी र युगान्डाबीच एडीएफ विद्रोहीहरूको खोजी गर्न संयुक्त कारबाही भएको थियो । उनीहरू अहिले मध्य अफ्रिकामा इस्लामिक स्टेटको सहयोगी पनि हुन् । दशकौंदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा